२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर...

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं: अर्थमन्त्री पौडेल

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं: अर्थमन्त्री पौडेल

सीएनएन खबर
शनिवार, फाल्गुण १० २०८१०८:११
सीएनएन खबर
शनिवार, फाल्गुण १० २०८१०८:११
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् ।

    फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend