२०८३, आश्विन १९ गते

images

उत्साहजनक छैन वीरगञ्ज महानगरको चालु र पुँजीगत खर्च, राजश्वभने लक्ष्यभन्दा बढी संकलन

उत्साहजनक छैन वीरगञ्ज महानगरको चालु र पुँजीगत खर्च, राजश्वभने लक्ष्यभन्दा बढी संकलन

सीएनएन खबर
शनिवार, श्रावण ५ २०८११२:१९
सीएनएन खबर
शनिवार, श्रावण ५ २०८११२:१९
  • images

    काठमाडौँ । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० रुपैयाँले बढी हो । 

    महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको बताए । 

    ‘‘आर्थिक मन्दिले करदाता  पीडामा भएको बेला पनि उक्त रकम राजस्व सङ्कलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ”, उनले भने, “आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।” 

    राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । “गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ”, उनले भने । 

    महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा  महानगरले २० करोड छ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । 

    उत्साहजनक छैन चालु र पुँजीगत खर्च 

    महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रुपैयाँ रकम खर्च गर्न सकेको हो । 

    त्यस्तै चालु खर्चतर्फ दुई अर्ब ५६ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend