२०८३, आश्विन १९ गते

images

दुबई पुगेर अस्मिता र महेशले गरे इन्गेजमेन्ट

दुबई पुगेर अस्मिता र महेशले गरे इन्गेजमेन्ट

बुधवार, आषाढ ५ २०८११२:०३
बुधवार, आषाढ ५ २०८११२:०३
  • images

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उउनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । 


    अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । 


    ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’ उनले लेखेकी छन् । तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ । 


    अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिका हुन् भने महेश पनि सांगीतिक क्षेत्रका सक्रिय कलाकार हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend