२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृतविहीन भंगहा नगरपालिका, मेयरले...

प्रमुख प्रशासकीय अधिकृतविहीन भंगहा नगरपालिका, मेयरले सीडीओलाई बुझाए साँचो

प्रमुख प्रशासकीय अधिकृतविहीन भंगहा नगरपालिका, मेयरले सीडीओलाई बुझाए साँचो

आइतवार, फाल्गुण १८ २०८१०२:४२
आइतवार, फाल्गुण १८ २०८१०२:४२
  • images

    काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ ।

    मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन् ।

    ९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो।

    मेयर साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो । तर हालसम्म उनी नआएको मेयर साहको गुनासो छ।

    त्यसयता तीनदिन मन्त्रालय पुगेर गुनासो गरेको, मन्त्रीले भेट्न समय नदिएको उनले आकोश व्यक्त गरे । प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend