२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा थुप्रियो शेयरधनीको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा थुप्रियो शेयरधनीको ४२ करोड ११ लाख रुपैयाँ नगद लाभांश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा थुप्रियो शेयरधनीको ४२ करोड ११ लाख रुपैयाँ नगद लाभांश

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:२८
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:२८
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा सेयरधनीहरू लिन नगएपछि करोडौ लाभांश रकम थुप्रिएर बसेको छ । मेगा बैंकसँग मर्ज भएपछि दुई बैंकको गरी ४२ करोड ११ लाख ९८ हजार ३९९ रुपैयाँ नगद लाभांश बैंकमा थुप्रिएको हो । बैंकले घोषणा गरेको लाभांशमध्ये आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म सेयरधनीहरुबाट दाबी नआएको उक्त नगद लाभांश रहेको छ । बैंकले पटक पटक लाभांश लिन सेयरधनीलाई सुचना मार्फत आग्रह गरिरहेको छ ।

    सेयरधनी लाभांश रकम लिन नआएपछि बैंकममा थुप्रिएको रकमलाई लिएर बार्षिक साधारणसभामा सेयरधनीले  प्रश्न चिन्ह उठाएका थिए । बैंकबाट शेयरधनीलाई लाभांश लिन आउन पत्रपत्रिकामा सुचना मात्र गरेर होइन, फोन पनि गरेर सुचना दिन समेत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend