काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको भन्दै २ जना विरुद्ध सवा ५ करोड माग दाबी गर्दै मुद्धा दायर गरेको छ ।
आयोगको बुटबल कार्यालयले सोमबार शशांक खनाल र रमेश गौतम विरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) एने, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ ।
विभागले उनीहरुमाथि बिनास्रोतका ईम्पोर्टेड हिव्स्की (नेपालमा उत्पादन नहुने) लगायतका मदिराका ढक्कन र अन्य सामग्री चोरी तस्करी गरेको आरोप लगाएको छ ।
विभागले प्रति व्यक्ति १ करोड ३० लाख २७ हजार २९० रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना हुने गरी २ करोड ६० लाख ५४ हजार ५८० रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो ।
यस्तै, विभागको बुटबल कार्यालयले सोमबार मात्रै भेप को अवैध कारोबारमा संग्लन रहेको भन्दै ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले सुमन पराजुली, रोजन न्यौपाने, सनाउल्ला अन्सारी र हसिमुन जोलाह विरुद्द ६२ लाख ७१ हजार ६७६ रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ ।

