२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अनिकेतको त्यो प्रस्ताव जसले जनप्रशासन क्याम्पसमा...

अनिकेतको त्यो प्रस्ताव जसले जनप्रशासन क्याम्पसमा परेको गाँठो फुकायो...

अनिकेतको त्यो प्रस्ताव जसले जनप्रशासन क्याम्पसमा परेको गाँठो फुकायो...

शुक्रवार, फाल्गुण २३ २०८१०७:५८
शुक्रवार, फाल्गुण २३ २०८१०७:५८
  • images

    काठमाडौँ। ५ वर्षदेखि क्याम्पस प्रमुख नियुक्त हुन नसकी निमित्तको भरमा चलिरहेको र आन्तरिक विवादका कारण  टुंगिन नसकेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिको विषयले अन्ततः निकास पाएको छ। क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनिकेत तिवारीले प्रस्ताव गरेको मोडेलमा व्यवस्थापन संकायका डीन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरु लगायतका सबै पक्षको सहमति बनेसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि सर्वसहमतिमा सर्च कमिटी गठन भएको छ।

    विगतमा क्याम्पस प्रमुख नियुक्तिका लागि दुई पटक सर्च कमिटी गठन भएपनि त्यस्तो कमिटी सहमतिमा बन्न नसकेको र क्याम्पसको विवादलाई आन्तरिक रुपमा समाधान गर्नुको साटो राजनीतिक स्वार्थका कारण प्रचारको विषय बनाइएको भन्दै तिवारीले यसपटक सबैको अपनत्व रहने गरी सर्च कमिटी गठन गरिएको बताए। 

    मंगलबार त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महानन्द चालिसेको उपस्थतिमा बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले प्रा.डा. बालकुष्ण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरको क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले बताए ।

    यसअघि सञ्चालक समितिका अध्यक्षको असहयोग तथा नियम विपरित सर्च कमिटीका अध्यक्ष नियुक्ति लगायतको कारण सर्च कमिटीहरुले काम गर्न नसकेकोमा यसपटक स्ववियू उपाध्यक्ष तिवारीको प्रस्तावमा व्यवस्थापन संकायका डीनलाई सञ्चालक समितिको बैठकमा आमन्त्रण गरी डीनकै प्रस्तावमा निष्पक्ष र सर्वमान्य रुपमा सर्च कमिटी गठन गरिएको उनको भनाई छ।  

    उपाध्यक्ष तिवारीले यसरी फुकाए गाँठो

    लामो समयदेखि निमित्तको भरमा चलिरहेको जनप्रशासन क्याम्पस बल्खुको क्याम्पस प्रमुख नियुक्तिको विषय यसपटकको सञ्चालक समितिको प्रमुख एजेण्डाको रुपमा तोकिएको थियो। 

    सञ्चालक समिति बैठक भन्दा अघि त्यस विषयमा सहमति जुटाउनका लागि तीन पटकसम्म सञ्चालक समितिका अध्यक्ष नरेन्द्रराज पौडेल क्याम्पस प्रमुख शाही क्याम्पसको स्ववियुका प्रतिनिधि तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुको बैठक बस्यो। तर तीनवटै बैठकमा क्याम्पस प्रमुखको सिफारिसका लागि गठन गर्ने सर्च कमिटीका सदस्यहरुका विषयमा सहमति जुट्न सकेन। त्यसपछि बसेको चौथो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनिकेत तिवारीले एउटा प्रस्ताव अघि सारे ।
     
    उनको प्रस्ताव थियोः

    १ नयाँ क्याम्पस प्रमुखको रुपमा प्रतिष्पर्धा गर्न पाउनु सबैको अधिकार हो। त्यसमा नियमले नरोके हालका निमित्त क्याम्पस प्रमुख स्वंयमले पनि उम्मेदवार बन्न पाउने

    २। सञ्चालक समितिको बैठकमा व्यवस्थापन संकायका डीनलाई आमन्त्रण गर्ने। सोही बैठकमा डीनले क्याम्पन प्रमुखको छनोटका लागि  सर्च कमिटीमा बस्ने ३ जना व्यक्तिको नाम छनोट गर्ने र ती सदस्यहरु व्यवस्थापन संकायकै प्राध्यापकहरु हुनुपर्ने। 

    सोही अनुसार फागुन २० मा बसेको सञ्चालक समिति बैठकमा व्यवस्थापन संकायका डीन प्रा डा महानन्द चालिसेलाई आमन्त्रण गरियो। उनैले सर्च कमिटीका संयोजक प्रा.डा.बालकुष्ण श्रेष्ठ तथा दुई सदस्यको नाम सिफारिस गरे जसलाई बैठकले तत्कालै स्वीकृति जनायो। 

    क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले सर्च कमिटीका सदस्यहरुका लागि पत्र तयार गरी पठाइसकिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पछि सर्च कमिटीले काम सुरु गर्ने र १५ दिन भित्रमा नयाँ क्याम्पस प्रमुखको नाम सिफारिस गर्ने बताए। 

    जनप्रशासन क्याम्पसका स्ववियु सचिव सत्यम कुमार यादवले क्याम्पस प्रमुख नियुक्ति तथा क्याम्पसका आन्तरिक समस्याका विषयमा राजनीति गर्न नहुने भन्दै उपाध्यक्ष तिवारीको रोडम्याप अनुसार सर्च कमिटी गठन भएसँगै अब सर्वस्वीकार्य रुपमा नयाँ क्याम्पस प्रमुख नियक्ति हुने बताए ।

    स्ववियू उपाध्यक्ष तिवारीले क्याम्पसका हरेक समस्याका लागि क्याम्पस प्रमुखलाई मात्रै दोष लगाएर कोहीपनि उम्किने अवस्था नरहेको भन्दै सबैजना जिम्मेवार बनेर अघि बढ्नुपर्ने आवश्यकता बोध गरेरै आफूले सबैलाई स्वीकार्य हुने प्रस्ताव अघि सारेको र त्यसमा व्यवस्थापन संकायका डीन लगायतका सबै सहमत भएसँगै विवाद र समस्याको गाँठो फुकेको बताए। 

    जनप्रशासन क्याम्पसका सञ्चालक समिति अध्यक्ष नरेन्द्रराज पौडेलले विगतमा राजनीतिकरणले गर्दा समस्या उत्पन्न भएको र निकासका लागि डीनको प्रस्तावमा सर्च कमिटी गठन गरिएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend