काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै अगावै उनलाई नियुक्त गरिएको हो।
सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।

