काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले बीएन घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । बेष्ट फाइनान्सको सञ्चालक समितिको बैठकले चार वर्षको लागि सीईओमा नियुक्ति दिएको हो । तत्कालिन सीइओ उमेश भण्डारीले फाइनान्स छोडेपछि खालि भएको पदमा घर्ती नियुक्त भएका हुन्।
११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिकामा थिए । घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए ।
घर्तीको परामर्शमा नै समस्याग्रस्त घोषणा भएको बेष्ट फाइनान्स त्यसबाट हटेको थियो । उनले नेपाल फाइनान्स र सम्बृद्धि फाइनान्सलाई समेत समस्याग्रस्तबाट हटाउन परामर्शदाताको रुपमा काम गरेका थिए । व्यवस्थापनमा एमबीए गरेका घर्ती पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।

