२०८३, आश्विन २० गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ निष्कासन

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ निष्कासन

मंगलवार, फाल्गुण २७ २०८१०१:०४
मंगलवार, फाल्गुण २७ २०८१०१:०४
  • images

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । ओम मेगाश्रीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

    यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ जारी गरेको थियो । लगानीकर्ताले आइपिओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चैत ३ गतेसम्म आइपिओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सेयर बिक्री नभएमा निष्कासन अवधि चैत १२ गतेसम्म थप गरिनेछ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ।आइपिओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ। आइपिओ १० बजेपछि भर्न सकिने छ ।

    कम्पनीले केयर रेटिंङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिंङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    केयर रेटिङ नेपालले २०८१ माघ १० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ १३ गतेसम्म बाहल रहनेछ ।

    ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ पाउन लगानीकर्ताले पनि भाग्यकै भरोसा गर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ ।

    यसआधारमा यस कम्पनीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ४७ हजार ६ सय जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend