२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक...

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

सोमवार, श्रावण ७ २०८१०२:३३
सोमवार, श्रावण ७ २०८१०२:३३
  • images


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो । 

    नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।

    आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend