२०८३, आश्विन १९ गते

images

८४ प्रतिशत धान रोपाइँ

८४ प्रतिशत धान रोपाइँ

सोमवार, श्रावण ७ २०८१०५:२३
सोमवार, श्रावण ७ २०८१०५:२३
  • images

    काठमाडौं । देशैभर ८४ प्रतिशत धान रोपाइँ भएको छ । साउनको पहिलो सातासम्म आइपुग्दा सात वटै प्रदेशमा आइतबारसम्म ११ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष यो समयमा ६९.१  प्रतिशत मात्र धान  रोपाइँ सम्पन्न भएको थियो।  कृषि विभागका अनुसार यो वर्ष १३ लाख ९८ हजार हेक्टर धान  रोपाइँ हुने आकलन गरिएको छ ।

    सबैभन्दा धेरै धान  रोपाइँ हुनेमा सुदूरपश्चिम प्रदेश अघि  छ । उक्त प्रदेशमा ९६ प्रतिशत  रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम  रोपाइँ हुनेमा मधेश प्रदेशमा ८० प्रतिशत  रोपाइँ मात्र सम्पन्न हुन सकेको छ । विभागका प्रवक्ता अरुण काफ्ले विगतको भन्दा यसपटक समयमै  रोपाइँ सम्पन्न हुने चरणमा रहेको बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend