२०८३, आश्विन १९ गते

images

घट्यो कुखुराको मासुको मूल्य

घट्यो कुखुराको मासुको मूल्य

सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०७:१३
सीएनएन खबर
सोमवार, श्रावण ७ २०८१०७:१३
  • images

    काठमाडौं । देशभर कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ।

    साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको बेलबासेले बताए। खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको उनले जनाए।

    व्यवसायी संघका अनुसार, हाल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend