२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

सोमवार, श्रावण ७ २०८११०:४५
सोमवार, श्रावण ७ २०८११०:४५
  • images

    काठमाडौं ।  सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहका नाममा परिपत्र जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयत्र अनिवार्य नगरिएको जानकारी गराएको हो।

    मन्त्रिपरिषदको जेठ २४ गतेको बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भई असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएको थियो। देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएको भन्दै विभागले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

    nid.jpg
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend