२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘द्रौपदी’ डोल्पाको मनोहर दृश्य र संस्कृति...

‘द्रौपदी’ डोल्पाको मनोहर दृश्य र संस्कृति चलचित्रमार्फत विश्वभर

‘द्रौपदी’ डोल्पाको मनोहर दृश्य र संस्कृति चलचित्रमार्फत विश्वभर

सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१०८:२०
सीएनएन खबर
मंगलवार, चैत्र ५ २०८१०८:२०
  • images

    काठमाडौं । नेपालका हिमाली क्षेत्रका उत्कृष्ट दृश्य र सांस्कृतिक विविधता प्रदर्शित गर्ने चलचित्रहरूले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाइरहेका छन्। यसै क्रममा, निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘द्रौपदी’ ले डोल्पा जिल्लाको मनोरम दृश्य र संस्कृति विश्वभर पुर्‍याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    ‘द्रौपदी’ चलचित्रको छायांकन डोल्पाको विभिन्न स्थानमा ४६ दिनसम्म गरिएको थियो। यस चलचित्रमा ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीका साथसाथै त्रिपुरासुन्दरी मन्दिर र शेफोक्सुण्डो तालका दृश्यहरू समावेश गरिएको छ। निर्देशक आचार्यले चलचित्रमा नेपाली मौलिक संस्कृति र दृश्यलाई प्रमुख स्थान दिएका छन्, जसले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

    निर्देशक आचार्यले भने, 'चलचित्रको छायांकन गर्नका लागि डोल्पा रोज्नुको कारण यो क्षेत्रको सांस्कृतिक र दृश्यात्मक आकर्षण हो। नेपालका अन्य हिमाली स्थानहरूजस्तै मनाङ र मुस्ताङमा पनि चलचित्रले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न सहयोग पुर्याएको छ।'

    ‘द्रौपदी’ चलचित्र यही चैत ८ गतेदेखि नेपालसहित विदेशका विभिन्न स्थानमा प्रदर्शन हुने छ। यस चलचित्रको मुख्य भूमिका नेपाली आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओडले निभाएका छन्। गायक ओडले अभिनयमा आफ्नो रुचिका कारण अभिनयको क्षेत्रमा कदम राखेका छन् र यस चलचित्रमार्फत अभिनेता बन्ने निर्णय लिएका छन्।

    अर्को नयाँ कलाकार, अभिनेत्री आश्विनी शाहीले पनि यस चलचित्रबाट अभिनयमा पदार्पण गरिसकेकी छन्। शाहीले आफ्नो पहिलो चलचित्रमा अभिनय गर्ने अवसरलाई चुनौतीको रूपमा लिएको बताइन्।

    निर्देशक आचार्यले गायक ओड र अभिनेत्री शाहीसहित अन्य नयाँ कलाकारलाई अडिसनमार्फत छनोट गरी चलचित्रमा अवसर दिएको बताए। चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, र सुरज अधिकारी जस्ता कलाकारहरूले अभिनय गरेका छन्। चलचित्रको पाश्र्वसङ्गीत सृजनामा सौरभ शर्मा, सम्पादनमा अनिल महर्जन, कला समन्वयनमा विजय आचार्य, र छायांकनमा मोहन झिल्लुको योगदान रहेको छ।

    ‘द्रौपदी’ चलचित्रले डोल्पाको सांस्कृतिक र प्राकृतिक धरोहरलाई प्रस्तुत गर्दै नेपालको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउने प्रयास गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend