२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मन्त्रिपरिषद्को निर्णयः कुलमानलाई बर्खास्तदेखि नेप्सेको सीईओ...

मन्त्रिपरिषद्को निर्णयः कुलमानलाई बर्खास्तदेखि नेप्सेको सीईओ नियुक्तीसम्म

मन्त्रिपरिषद्को निर्णयः कुलमानलाई बर्खास्तदेखि नेप्सेको सीईओ नियुक्तीसम्म

सोमवार, चैत्र ११ २०८१०८:५३
सोमवार, चैत्र ११ २०८१०८:५३
  • images

    काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेल सहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्‍ले लुइँटेललाई नियुक्त गरेको हो ।

    नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साता छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।

    यस्तै, सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend