२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सभा...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सभा सम्पन्न, ८५ नगद लाभांश वितरणको निर्णय

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सभा सम्पन्न, ८५ नगद लाभांश वितरणको निर्णय

सीएनएन खबर
मंगलवार, चैत्र १२ २०८१०१:५२
सीएनएन खबर
मंगलवार, चैत्र १२ २०८१०१:५२
  • images

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ।

    सभामा सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मतिले पारित गरियो। सभाले ८ प्रतिशत नगद लाभांश (करसहित) तथा १.२४८९ % बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयअनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुग्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले गुणस्तरीय सेवा र दीर्घकालीन रणनीति कम्पनीको प्राथमिकता रहेको बताए। उनले हालै सम्पन्न मर्जरपछि उत्पन्न चुनौतीहरूलाई व्यवस्थापन गर्दै कम्पनीलाई अझ सशक्त र विश्वसनीय बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको जानकारी दिए।


    सभामा अध्यक्ष केडियाले कम्पनीको मूल्य मान्यता, सुशासन र दक्ष जनशक्तिको प्रयोगबाट सानिमा रिलायन्सलाई बीमा बजारमा अलग पहिचान दिलाउने प्रतिबद्धता व्यक्त गरे। सभाले लेखापरीक्षकको नियुक्ति, नयाँ रजिष्टर्ड कार्यालयको स्थानान्तरण ९नयाँ बानेश्वरबाट नक्साल० तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावहरू पनि पारित गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend