काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि त्यसको विरोधमा अबरुद्ध भएका कारण स्थगित भएको संसद बैठक बिहीबारका लागि सरेको छ।
दुईपटक सूचना जारी गरी करिब ३ घन्टा भन्दा लामो समयदेखि स्थगित बैठक बिहीबारका लागि सरेको सूचना संसद् सचिवालयले दिएको हो।
संसद् बैठक प्रतिपक्षको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भए पनि सूचना टाँस गरेर फेरि ३ बजेसम्मका लागि स्थगित भएको थियो।
सोमबार कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि त्यसको विरुद्धमा प्रतिपक्ष नेकपा माओवादी, रास्वपा, नेकपा एसलगायत दलले संसद् बैठक अवरुद्ध गरेका थिए।

