२०८३, आश्विन २० गते

images

घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, चैत्र १४ २०८१०४:०६
बिहिवार, चैत्र १४ २०८१०४:०६
  • images

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र सोही वडा निवासी दिनेश लामिछानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको उनीहरूमाथि आरोप छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वडासचिव लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याइदिने भन्दै दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर भएको हो।

    वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।


    लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुन: दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ।

    दुवैजनामाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend