काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सोमबार साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ। साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ।

