काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी चाँडो गर्न निर्देशन दिएको छ ।
प्राधिकरणका अध्यक्ष सरद ओझाले राजधानीमा राजावादीले गरेको उक्त प्रदर्शनमा भएको क्षतिको विवरण तत्काल फछ्योट गर्न बीमा कम्पनीलाई निर्देशन दिएका हुन् ।
उक्त घट्नामा बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको हो ।
हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्क मार्फत साप्ताहिकरूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्न पनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

