२०८३, आश्विन १९ गते

images

उपसचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा

उपसचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा

मंगलवार, चैत्र १९ २०८१०४:२३
मंगलवार, चैत्र १९ २०८१०४:२३
  • images

    काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० बढी उपसचिवहरूको सरुवा गरेको छ । जसमध्ये १५ बढी प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । सरुवा भएका उपसचिवहरूमध्ये आधा दर्जन जति उपसचिवहरू गृह मन्त्रालयमा सरुवा भएका छन् । 

    हालै बढुवा भएका ८ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरी अन्य दुई सहायक प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

    धनुषामा दुइ जना उपसचिव खटाइएको छ। शान्ति महत र भोलनाथ गुरागाईलाई धनुषामा पदस्थापन गरिएको छ। सरोज कोइरालालाई मोरङ, नरेन्द्र परियारलाई अछाम, किरणनिधी तिवारीलाई रौतहट, झविलाल भट्टराईलाई अर्घाखाँची, उमेश कुमार दाहाललाई इलाम, कुलशेखर अर्याललाई कास्कीको सहायक प्रजिअमा खटाइएको छ। 

    त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गंगा कुमार क्षेत्री र सप्तरीका जितेन्द्र कुमार यादबको गृह मन्त्रालयमा सरुवा भएको छ। 

    त्यसैगरी आधा दर्जन बढी शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ । दुई दिन अघि मात्रै १० उपसचिवसहित २५ जना शाखा अधिकृतहरूको सरुवा गरिएको थियो । 

    यसैबीच उपत्यकालगायत केही महत्त्वपूर्ण स्थानका प्रमुख प्रशासकीय अधिकृतहरू पनि फेरिएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend