२०८३, आश्विन २० गते

images

एक्जिम कोर्ड लिन भन्सार विभाग नै जानुपर्ने बाध्यताको अन्त्य, अब कार्यालयबाटै पाइने

एक्जिम कोर्ड लिन भन्सार विभाग नै जानुपर्ने बाध्यताको अन्त्य, अब कार्यालयबाटै पाइने

बुधवार, चैत्र २० २०८१०५:५३
बुधवार, चैत्र २० २०८१०५:५३
  • images

    काठमाडौँ । अब व्यवसायीहरूले निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन भन्सार विभागको केन्द्रीय कार्यालय धाउनुपर्ने झन्झट हटेको छ ।

    भन्सार विभागले एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि ‘एक्जिम कोड’ सम्बन्धी सबै सेवा केन्द्रीय कार्यालयबाट बन्द गरिने जानकारी दिएको छ । अबदेखि व्यवसायीहरूले यो सेवा देशभरका भन्सार कार्यालयहरूबाटै प्राप्त गर्न सक्नेछन् ।

    यस व्यवस्थाले आयात–निर्यात कारोबार गर्ने व्यवसायीहरूलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने भन्सार विभागले जनाएको छ। २०७४र७५ आर्थिक वर्षदेखि लागू गरिएको ‘एक्जिम कोड’ प्रणाली अब भन्सार कार्यालयहरूबाटै सञ्चालन हुने भएकाले व्यवसायीहरूले समय र श्रम बचत गर्न सक्नेछन् ।

    व्यवसायीहरूको प्रशासनिक झन्झट घटाउने यो निर्णयलाई निर्यात–आयात प्रक्रियालाई सरल बनाउन गरिएको महत्त्वपूर्ण सुधारको रूपमा हेरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend