२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर, अब कुन खातामा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर, अब कुन खातामा कति ?

सीएनएन खबर
बिहिवार, श्रावण १० २०८१०८:२२
सीएनएन खबर
बिहिवार, श्रावण १० २०८१०८:२२
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो ।

    बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो ।

    यस्तै सेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ । यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो ।

    अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुजे बैंकको भनाइ छ । बैंकको आधार दर ७.६९ प्रतिशत छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend