२०८३, आश्विन १९ गते

images
  • विशेष
  • युकेको बसाइँ छोडेर ब्रिटिस कलेजमा कम्मर...

युकेको बसाइँ छोडेर ब्रिटिस कलेजमा कम्मर कसेका अमरदीप

युकेको बसाइँ छोडेर ब्रिटिस कलेजमा कम्मर कसेका अमरदीप

बिहिवार, श्रावण १० २०८११०:११
बिहिवार, श्रावण १० २०८११०:११
  • images

    काठमाडौं । बेलायत, एउटा सुविधा सम्पन्न देश । धेरैको सपनाको देश । लाखौं खर्च गरेर तछाडमछाड गरेर नेपालबाट पलायन हुने मध्यको एउटा देश । तर, त्यही देशमा पुगेर नेपाल फर्किए अमरदिप मण्डल । देशमा रोजगारीको अवसर पाइएन भन्ने युवा जमातका लागि एउटा बलियो उदाहरण बनेका छन् अमरदीप । 

    देशमा भएका युवाहरु सपना साकार बनाउने भन्दै विदेश जाँदै गर्दा अमरदिप भने बेलायत (युके)को बसाइँ चटक्कै छोडेर नेपाल फर्किए । आफ्नै देशमा पसिना चुहाउँछु, परिश्रम गर्छु र आफ्नै देश बनाउँछु भन्ने संकल्पका साथ उनी स्वदेश फर्किए । 

    उच्च शिक्षा अध्ययनका लागि यूके पुगेका थिए उनी । विदेशको बसाइँ छोडेर नेपाल फर्किँदा उनलाई परिवारसँगै आफन्तजनले असन्तुष्टी जनाएका थिए । तर, युकेमा गरेको दुःख तथा त्यहाँ रहेका नेपाली विद्यार्थीको दुःख देखेर स्वदेश फर्किए । युकेमै गरेको दुःख नेपालमै गर्ने प्रण गरे । 

    ‘मैले युकेमा गर्नेजति दुःख यहीँ गरेको छु । बुबाआमा घरपरिवार आफन्तजन सबैलाई समय दिन पाएको छु, विदेश छोडेर स्वदेश फर्किएकोमा कुनै दुःख छैन’, गत शुक्रबार थापाथलीस्थित ब्रिटिस कलेजमा सीएनएनसँगको कुराकानीमा उनले भने । 

    Amardeep mandel.jpg

    सन् २०१० मा युकेको बसाइँ छोडेर नेपाल फर्किएका उनी ब्रिटिस कलेमा सन् २०११ मा जोडिए । उनी युकेको बसाइँ छोडेर स्वदेश फर्कनु र बेलायतमै हुने पढाई नेपालमा हुने भन्दै ब्रिटिस कलेज स्थापना हुनु एकैसाथ हुन पुग्यो । 

    युकेको बसाइँ छोडेर स्वदेश फर्किएका उनी ब्रिटिस कलेजमा आवद्ध भए । सन् २०११ देखि कलेजमा आवद्ध भएका उनी हाल कलेजका मार्केटिङ विभाग प्रमुखका रुपमा कार्यरत छन् । साढे ४ वर्षको युके बसाइँ छोडेर उनी सन् २०१० मा नेपाल फर्किएका हुन् । अध्ययनका लागि भन्दै मण्डल सन् २००५ मा युके पुगेका थिए । 
     
    उनले नेपालबाट युके जाने विद्यार्थीहरुसँग खासै जागिरको अनुभव नहुनु, पढाईको प्रेसरसँगै काम गर्दै पढ्नुपर्ने अवस्थाका कारण धेरै अप्ठ्यारो हुने गरेको अनुभव सुनाए । 

    उनी विगत १३ वर्षदेखि विदेशी शैक्षिक संस्थामा आवद्ध छन् । सुरुवाती चरणमा ब्रिटिस कलेजमा जोडिएका उनी बीचमा अन्य शैक्षिक संस्थामा आवद्ध भए । अन्य संस्थाको अनुभव सम्हाल्ने कोरोना महामारीपछि पुनः ब्रिटिस कलेजमा जोडिएका उनी उच्च तहमा रहेपनि लो प्रोफाइलमा बस्न रुचाउँछन् । 

    ब्रिटिस कलेजमा जाने विद्यार्थीका अभिवाबक तथा जो कोहीले सजिलैसँग उनलाई भेट गर्न पाउँछन् । कलेजमा पाइने गुणस्तरीय शिक्षाका कारण नै सम्पूर्ण अभिभावकले ब्रिटिस कलेजलाई विश्वास गरेको उनको बुझाई छ । ब्रिटिस कलेजमा अध्ययन गरेका प्रदेश नम्बर २ का एक सयभन्दा बढी विद्यार्थी हाल युके, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा उच्च तहमा कार्यरत रहेको उनले बताए । 

    ब्रिटिस केही महँगो भएपनि विद्यार्थीको रोजाइ भने सोही कलेज पर्छ । ‘हामीले गुणस्तरीय शिक्षा दिएका छौं । हाम्रो शिक्षाको गुणस्तर देखेर केही अभिभावकले भात खाने जग्गा  समेत बिक्री गरेर आफ्ना सन्तानलाई अध्ययन गराउने गर्नुभएको छ’, उनले भने । 

    उनका अनुसार तराईका केही विद्यार्थीहरु जग्गा बिक्री गरेर अध्ययन गरिरहेका छन् । जग्गा बिक्री गरेर ब्रिटिस कलेजमा पढेका उनीहरु हाल महिनामा लाखौं कमाउने भैसकेका छन् ।

    ब्रिटिस कलेजमा म्यानेजमेन्टमा अध्ययन गर्ने अधिंकाश विद्यार्थी नेपालमा नै व्यवसायमा आवद्ध छन् भने आईटी अध्ययन गर्नेहरु आधिभन्दा बढी विभिन्न देशमा पुगिसकेका छन् । 

    १३ जना विद्यार्थीबाट सुरु भएको ब्रिटिसको नेपाल यात्रा

    बेलायतमा अध्यापन हुने कोर्ष र प्राप्त हुने डिग्रीलाई नेपालमा भित्र्याउँदै सन् २०११ मा काठमाडौंको थापाथलीमा खुलेको हो ब्रिटिस कलेज । 

    सन् २०११ मा नेपाल भित्रिएको ब्रिटिस कलेजले सन् २०१२ मा १३ जना विद्यार्थीमध्ये ८ जना बीबीए  ५ जना एमआइबीएमा भर्ना गरेर पढाई शुरु भएको थियो । 

    ‘सन् २०१२ को जनवरी १० देखि हामीले १३ जना विद्यार्थीबाट अध्ययन सुरु गरेका थियौँ । १३ जना विद्यार्थीबाट सुरु भएको अध्ययन सोही वर्षको अगष्टमै दुई सयभन्दा बढी भैसकेको थियो’, विगत सम्झनै उनी भन्छन्, ‘नेपालमा सञ्चालित अन्य कलेजका तुलनामा ब्रिटिस कलेज मंहगो थियो । तर विदेशमा अध्ययन हुने शिक्षा नेपालमा पाउनेभएपछि विस्तारै अभिभावकसँगै विद्यार्थीको रोजाइमा पर्न थाल्यो । त्यसपछि ब्रिटिस कलेजले पछाडि फर्कनु परेको छैन् ।’

    उनले नेपालको शिक्षा बजारले केही नयाँ खोजिरहेको बेला ब्रिटिस कलेज स्थापना भएको बताए । नेपाल भित्रिएको छोटो समयमै झन्डै ३ हजार विद्यार्थीलाई दिक्षान्त बनाउन सफल भएको उक्त कलेजले हाल बीबीए, बीएस्सीमा आधारित ८ वर्ष कोर्समा आधारित भएर बेलायतको कोर्स नेपालमा पढाइ रहेको छ । विगत १२ वर्षमा ब्रिटिस कलेजले एसीसीए प्रोग्राममा उत्कृष्ट नतिजा दिँदै दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

    ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरुलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेकोे छ । केही समयअघि मात्रै ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । 

    नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।

    Amardeep mandel.jpg

    ब्रिटिस एजुकेशन ग्रुप (एजुकेशन नेटवर्क)

    ‘रि थिङ्किङ्ग एजुकेशन’ भन्ने मुल मन्त्रको साथ सन् २००३ मा स्थापना भएको, ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, बेलायत तथा दुबईसँगै हालसालै क्यानडामा पनि शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको छ । गैरआवासिय नेपालीहरुसँगै बेलायका प्रबुद्ध व्यक्तिहरुको पनि यसमा लागनी रहेको छ ।

    काठमाडौँको थापाथलीमा द ब्रिटिस कलेज, ललितपुरको चाकुपाटमा ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेशनल कलेज तथा कुपण्डोलमा द वेस्टमिन्स्टर कलेज सञ्चालन गरिरहेको छ । त्यस्तै, रुपन्देहीमा ब्रिटिस ग्रामर स्कुल, चितवनमा मदरल्याण्ड स्कुल तथा पोखरामा द ब्रिटिस कलेज (पोखरा)स्कुल सञ्चालन गरिरहेको छ । 

    त्यस्तै, सो समूहले बेलायतको लण्डनमा द उलविच कलेज, युएईको दुबईमा द उलविच इन्स्टिच्युट सञ्चालन गरिरहेको छ । नेपालसहित अन्य देशहरुमा पनि शिक्षा क्षेत्रका नेपाली तथा विदेशी प्रबुद्ध व्यक्तिहरुको संलग्नतामा यस ग्रुपको सञ्चालन भइरहेकोले गर्दा नेपालमा विदेश सरह शिक्षा प्रदान गर्न ब्रिटिस कलेज सफल छ । 

    कलेजका सुविधाहरु

    ब्रिटिस कलेज ‘मोर द्यान अ कलेज’ को अवधारणामा सञ्चालन भइरहेको छ । यसको मतलव यस कलेजले तयार गर्ने जनशक्ति सर्टिफिकेटमात्रै सीमित नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन् । हाल अध्ययनरत तथा भुतपूर्व विद्यार्थीहरुको लागि ब्रिटिस कलेजको ढोका सँधै खुल्ला रहनेछ यसले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारबाट पर्याप्त अवसरहरु प्राप्त गर्न सकिन्छ । 

    ब्रिटिस एजुकेशन ग्रुपले नेपालमात्रै नभई बिभिन्न देशहरुमा पनि शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेकोले ग्लोवल एक्सपोजरको लागि विद्यार्थीहरुले सहजै क्रेडिट ट्रान्सफरको सुविधा प्राप्त गर्न सक्छन् ।

    कोरोना महामारीको समयमा विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट कक्षाहरु सञ्चालन गर्दा कुनै पनि हिसावाले विद्यार्थीहरुले हैरानी ब्यहोर्नु परेन । उनीहरुको परीक्षा तथा नतिजा समयमा नै प्रकाशित हुनुले पनि ब्रिटिस कलेज प्रविधिको उच्चतम प्रयोग गरि विद्यार्थीहरुको सेवामा तत्पर रहने गरेको प्रमाणित हुन्छ । 

    त्यस्तै, कलेजले अत्याधुनिक कम्प्युटर फरेन्सिक्स ल्याव, इन्क्युवेशन सेन्टर, काउन्सिलिङ एण्ड वेलविइङ युनिट तथा एकेडेमिक सक्सेज सेन्टर पनि सञ्चालन गरिरहेको छ ।

    ब्रिटिस कलेजका कोर्षहरु

    ब्रिटिस कलेजले बजारको मागको आवश्यकतालाई मध्यनजर गर्दै बिभिन्न खालका शैक्षिक पाठ्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

    ब्रिटिस मोडल कलेजमा ए लेभल, ब्रिटिस कलेजमा स्नातक तथा स्नातोकोत्तर तहका बिभिन्न शैक्षिक कार्यक्रमहरु जस्तैः बिजनेशतर्फ बीबीए (अनर्स) बिजनेश एण्ड म्यानेजमेन्ट, विकएण्ड एमबीए (एक्जिक्युटिभ), एमबीए (ग्राजुयट), एमएससी इन्टरनेशनल बिजनेश म्यानेजमेन्ट, बीए (अनर्स) हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) र एसीसीए कार्यक्रम छन् । 

    त्यस्तै, कम्प्युटिङतर्फ बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, बीएससी (अनर्स) डेटा साइन्स, बीएससी (अनर्स) कम्प्युटर साइन्स–आर्टिफिसियल इन्टिलिजेन्स, एमएससी इन्फरमेशन एण्ड टेक्नोलोजी र एमएससी एडभान्स कम्प्युटर साइन्स गरि १३ वटा विषयहरु सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend