काठमाडौँ । ३५ सय रुपैयाँमा पाइने इअरबड्स ३६० रुपैयाँमै पाउने भएपछि शुक्रबार बिहानैदेखि पुतलीसडकमा युवाहरुको भिड लागेको छ ।
नेपाली एसेसरिज ब्रान्ड अल्टिमाले लाइफस्टाइलले अफर सार्वजनिक गर्दै पुतलीसडकको नयाँ स्टोरमा शुरूमा आउने ८२ जनालाई ३६० रुपैयाँमै इअरबड्स दिने भनेपछि आज बिहानैदेखि भीड जम्मा भएको हो ।
अल्टिमाले बिहान ९ बजेदेखि नयाँ स्टोर खोल्ने र शुरूमा आउने ८२ जनालाई अत्यन्तै कम मूल्यमा इअरबड्स दिने घोषणा गरेपछि सयौं मानिसहरू जम्मा भएका छन्। बिहान ९ बजेदेखि स्टोर खुला हुने भनिएतपनि शुक्रबार बिहान २ बजेदेखि नै युवाहरुको भिड लागेको हो ।
सडकभरी सयौं मानिसहरू जम्मा भएर ट्राफिक जाम भएपछि दुई ट्रक प्रहरीको भ्यानले माइकिङ्ग गर्दै भीड नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। साथै अल्टिमाले अन्य धेरै प्रकारका उत्पादनहरूमा ६० प्रतिशत छुटको समेत घोषणा गरेको छ।
नयाँ वर्ष शुरू हुनै लागेको र नयाँ स्टोर सञ्चालमा समेत आएकोले यस्तो अफर गरिएको अल्टिमाले जनाएको छ।

