२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी...

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, को हुन् उनी ?

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, को हुन् उनी ?

बिहिवार, श्रावण १० २०८१०१:२६
बिहिवार, श्रावण १० २०८१०१:२६
  • images

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् ।

    बैंकिंङ क्षेत्रमा ३५ बर्ष  अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उनले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसकेका छन् ।

    उनी यसअघि उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

    रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    बैंकिङ् क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा पनि अब्बल मानिन्छन् । हालका बैंकका सीईओ तथा भेट्रान बैंकर रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिने भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend