२०८३, आश्विन १९ गते

images

३२ अंकले बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा बढी कमाउने क्षेत्र

३२ अंकले बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा बढी कमाउने क्षेत्र

सीएनएन खबर
बिहिवार, श्रावण १० २०८१०३:३७
सीएनएन खबर
बिहिवार, श्रावण १० २०८१०३:३७
  • images

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ मूल्यमा कारोबार भयो । 

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । 

    यस्तै, गणपति लघुवित्त नौ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबिएल डिबेञ्चर तीन दशमलव ९२, कालिका पावर कम्पनी तीन दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend