२०८३, आश्विन १९ गते

images

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

शुक्रवार, श्रावण ११ २०८१०९:०८
शुक्रवार, श्रावण ११ २०८१०९:०८
  • images

    काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्ररमहिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरिसकेकी छिन् ।

    ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल रहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend