२०८३, भाद्र १३ गते

images
  • अटो
  • स्काईवेलको नयाँ अभियानः गाडी किन्नुहोस्, युरोप...

स्काईवेलको नयाँ अभियानः गाडी किन्नुहोस्, युरोप भ्रमणमा जानुहोस्

स्काईवेलको नयाँ अभियानः गाडी किन्नुहोस्, युरोप भ्रमणमा जानुहोस्

images
बुधवार, चैत्र २७ २०८१०२:३४
बुधवार, चैत्र २७ २०८१०२:३४
  • काठमाडौँ । स्काईवेलका गाडी किन्ने ग्राहकलाई लक्षीत गर्दै कम्पनीले विदेश भ्रमणको अवसर दिएको छ । 

    स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सका अनुसार स्काईवेल नेपालको ‘स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप’ अभियानअन्तर्गत स्काईवेलका गाडी किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरिएको हो ।

    यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल ‘बीई ११’ र ’ईटी ५’ मध्ये जुनसुकै गाडी खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् ।

    नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल–साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् ।

    ‘स्काईवेल ड्राइभ २०२५: नेपाल टु युरोप’ अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् ।

    स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको  छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् ।

    हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend