२०८३, आश्विन १९ गते

images

मौद्रिक नीति सार्वजनिक, हेर्नुहोस् पूर्णपाठ

मौद्रिक नीति सार्वजनिक, हेर्नुहोस् पूर्णपाठ

शुक्रवार, श्रावण ११ २०८११२:५७
शुक्रवार, श्रावण ११ २०८११२:५७
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८१/८२ मौद्रिक नीति सार्वजनिक गरेको छ छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएकाे हो।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ । राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यसअघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।

    यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ ।

    बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend