२०८३, आश्विन १९ गते

images

मौद्रिक नीति: सेयर धितो कर्जाको २० करोड सिमा खारेजदेखि निर्माण व्यवसायीलाई सहुलियतसम्म

मौद्रिक नीति: सेयर धितो कर्जाको २० करोड सिमा खारेजदेखि निर्माण व्यवसायीलाई सहुलियतसम्म

सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१०१:११
सीएनएन खबर
शुक्रवार, श्रावण ११ २०८१०१:११
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८१/८२ मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएको हो । 

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ । राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यसअघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।

    यस्तै, मौद्रिक नीति मार्फत सरकारले निर्माण व्यवसायीलाई ६ वटा सहुलियत दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै विभिन्न ६ वटा नयाँ व्यवस्थाहरु राखिएको जनाएका हुन् । 

    यस्ता छन् ६ नयाँ व्यवस्था

    १) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।

    २) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।

    ३) निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने ।

    ४) निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१÷८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने ।

    ५) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।

    ६) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend