२०८३, आश्विन १९ गते

images

निर्माण क्षेत्रप्रति मौद्रिक नीति लचिलो, ऋण तिर्ने समय मंसिरसम्म

निर्माण क्षेत्रप्रति मौद्रिक नीति लचिलो, ऋण तिर्ने समय मंसिरसम्म

शुक्रवार, श्रावण ११ २०८१०१:५९
शुक्रवार, श्रावण ११ २०८१०१:५९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूमा प्रवाह भएको ऋणको सावाँब्याज भुक्तान गर्ने अवधि बढाएको छ । 

    चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीले ऋण तिर्ने समय २०८१ मंसिर मसान्तसम्म पुर्‍याएको घोषणा गरेका हुन् ।

    आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सिर्जना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ ।

    कुनै निर्माण व्यवसायी कालो सूचीमा परेमा जेभी भएर काम गरेको अर्को निर्माण कम्पनी कालो सूचीमा नपर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धि ५ प्रतिशत राख्ने बताएको छ भने निजी क्षेत्रमा जाने कर्जा वृद्धि हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend