२०८३, आश्विन १९ गते

images

अब चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

अब चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

शुक्रवार, श्रावण ११ २०८१०३:४०
शुक्रवार, श्रावण ११ २०८१०३:४०
  • images

    काठमाडौं । अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा उक्त व्यवस्था गरिएको हो ।

    अब चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन हुने भएको हो ।

    निर्माण व्यवसायीहरूलाई पनि कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा नराख्ने भएको छ । यसभन्दा पहिले चेक बाउन्सका आधारमा नै कालोसूचीमा राखिन्थ्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend