२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका...

वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता

वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता

आइतवार, चैत्र ३१ २०८१०१:२१
आइतवार, चैत्र ३१ २०८१०१:२१
  • images

    काठमाडौं । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक  एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्र

    birgunj-dall_Rf50WF0E2V.jpg
    undefined

    म एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।

    उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् ।

    हनुमान जयन्ती मनाउन निकालिएको शोभा यात्राको क्रममा  विवाद  उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि निजहरूलाई कानुनको दायरमा ल्याई कडा कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend