२०८३, आश्विन १९ गते

images
  • समाचार
  • हिमालय एयरलाइन्सले दियो प्रयास नेपालका बालबालिकालाई...

हिमालय एयरलाइन्सले दियो प्रयास नेपालका बालबालिकालाई वर्षभरी पुग्ने शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले दियो प्रयास नेपालका बालबालिकालाई वर्षभरी पुग्ने शैक्षिक सामग्री

शुक्रवार, बैशाख ५ २०८२१२:०८
शुक्रवार, बैशाख ५ २०८२१२:०८
  • images

    काठमाडौँ । हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई सहयोग प्रदान गरेको छ । कम्पनी सञ्चालनको एक दशक पूरा गर्दै गर्द हिमालयले लामो समयदेखि जारी संस्थाष्त सामाजिक उत्तरदायित्व पहल अन्तरगत प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ ।

    हिमालय एअरलाइन्स्ले १७ अप्रिल २०२५ मा विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । बालबालिकाहरूको समग्र स्वास्थ्यको महत्व लाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूको लागि तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरिएको जनाएको छ । 

    हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि ‘स्टेप टुवार्स एजुकेशन’ पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु ।  हरेक वर्ष बालबालिकाहरूलाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको छ । धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवन यापन गरिरहेका छन् । यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ ।”


    प्रयास नेपालकी अध्यक्ष मणि जोशीले निरन्तर सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै भनिन्, “प्रयास नेपालको लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एअरलाइन्स्प्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ । हिमालय एअरलाइन्स्लाई १० वर्षको यात्रा पूरा गरेकोमा बधाई छ र हामी आगामी वर्षहरूमा एअरलाइन्स्को निरन्तर सफलताको कामना गर्दछौँ ।”


    विगत २२ वर्षमा प्रयास नेपालले आफ्ना सशक्तीकरण कार्यक्रमहरूमार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव पारेको छ । प्रयास नेपाल १८ जना उर्जावान् र दृढ बालबालिकाहरूको घर हो जसलाई आत्मविश्वासी, जिम्मेवार व्यक्तिहरूका रूपमा हुर्काइँदैछ र उनीहरूलाई अर्थपूर्ण तरिकाले संस्थाको लक्ष्यलाई सहयोग तथा योगदान गर्न सशक्त तुल्याइँदैछ ।

    हिमालय एअरलाइन्स्ले आफ्नो यात्राको एक दशक पूरा गर्दैगर्दा समुदायप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता कम्पनीका मूल्य र सबैलाई समेट्ने तथा सहयोगी समाज निर्माणतर्फको दूरदृष्टिको प्रमाणस्वरूप रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend