२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • राप्रपालाई गृहको चेतावनी– आइतबारको प्रदर्शनमा अराजकता...

राप्रपालाई गृहको चेतावनी– आइतबारको प्रदर्शनमा अराजकता भए कारबाही हुन्छ

राप्रपालाई गृहको चेतावनी– आइतबारको प्रदर्शनमा अराजकता भए कारबाही हुन्छ

शनिवार, बैशाख ६ २०८२०८:२७
शनिवार, बैशाख ६ २०८२०८:२७
  • images

    काठमाडौं । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेत गराएको छ । राप्रपाले भोलि (आइतबार) बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएको छ । त्यसतर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ ।

    nisadhik.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend