२०८३, आश्विन १९ गते

images

न्यादी हाइड्रोको खुद नोक्सानी १६.६६ करोड

न्यादी हाइड्रोको खुद नोक्सानी १६.६६ करोड

सीएनएन खबर
आइतवार, श्रावण १३ २०८१०७:५४
सीएनएन खबर
आइतवार, श्रावण १३ २०८१०७:५४
  • images

    काठमाडौं । न्यादी हाइड्रोपावरले खुद नोक्सानी रकम घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमासमा खुद नोक्सानी २० प्रतिशत घटाएको छ । 

    २० प्रतिशतले नोक्सानी रकम घटाएसँगै गत असारसम्म कम्पनी १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ घाटामा छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी २० करोड ९३ लाख २१ हजार रुपैयाँ थियो । 

    कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । 

    कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ । 

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।  

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend