काठमाडौं । मौद्रिक नीतिको प्रभाव सेयर बजारमा स्पष्ट रूपमा देखिएको छ । मौद्रिक नीति आएपछिको पहिलो कारोबारमै नेप्सेले एक सय १३ अकंको वृद्धि गरेको छ। आइतबार नेप्से २६ सय ८१ विन्दुमा आइपुगेर बन्द भएको छ। यो ११ फागुन ०७८ यता अर्थात् २९ महिनायताको उच्च विन्दु हो। सो समय नेप्से २७२० विन्दुमा थियो।
आइतबार १५ करोड ८१ अर्ब रुपैयाँको कारोबार भएको छ भने नेपाल स्कट एक्सचेन्जले चार करोड कित्ता सेयर बिक्री भएको जनाएको छ।
आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको ९।९८ प्रतिशत, दुईको ९।९७ प्रतिशत र एक बैंकको ८।३ प्रतिशतले वृद्धि भएको छ। शेयर मूल्यको आधारमा हेर्ने हो भने दोस्रो बजारमा स्टाण्डर्ड च्याडर्ड बैंकको छ । बैंकको शेयर मूल्य ७१८ रुपैयाँ रहेको छ।
एभरेष्ट बैंकको ६७८ रुपैयाँ, नबिल र्बैंकका ६३३ रुपैयाँ रहेको छ। सबैभन्दा कम शेयर मूल्य प्रभु बैंक र कुमारी बैंककोछ । कुमारी बैैंकको आज सर्वाधिक कारोबार गर्ने कम्पनीको लिष्टमा रहेको छ।
प्रभु बैंकको शेयर मूल्य २१८ रुपैयाँ र कुमारी बैंकको २१२ रुपैयाँ रहेको छ। मौद्रिक निति सार्वजनिक पछि वाणिज्य बैंकमा लगानीकर्ताको उत्साह रहेको छ ।

