२०८३, आश्विन १९ गते

images

१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

सीएनएन खबर
शुक्रवार, बैशाख १२ २०८२०१:३०
सीएनएन खबर
शुक्रवार, बैशाख १२ २०८२०१:३०
  • images

    काठमाडौँ । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। 

    उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

    उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र  हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गर्दै सदैव  कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरु प्रती प्रतिबद्ध रहि आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे। प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरुको हकहित,सिप तथा व्यक्तित्व विकाश नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए। 

    साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको  सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे। 

    साथै उक्त अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धि मूलक यस यात्रामा हामीलाई विश्वाश गरी अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहकवर्ग,अविरल साथ दिनुहुने आदरणीय अभिकर्ताहरु, अहोरात्र खट्नुहुने कर्मचारीहरु, निरन्तर विश्वास गरि हातेमालो गर्नुहुने सेयरधनी महानुभावहरु, सदैव मार्गनिर्देश गर्नुहुने नियमनकारी निकायहरु, व्यवसायिक साझेदारहरु लगाएत सम्पूर्ण सरोकारवालाहरुमा यँहाहरुले दिनु भएको  साथ र योगदानका लागि कृतज्ञताका साथ धन्यवाद  ज्ञापन व्यक्त गरे। 

    संचालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको संचालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरुको वृत्ति विकासको लागि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए।

    कम्पनीले नविनतम प्रविधिमा जोड दिदै तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै भर्खरै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति भ(पबचवब र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ।

    बीमा क्षेत्रमा नेपालकै  पहिलो ISO 9001-2015 प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी५०१ करोड, कुल लगानी ४,४०० करोड, जीवन बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेकोछ। 

    बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ  बन्न पनि सफल भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend