२०८३, आश्विन १९ गते

images

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

आइतवार, श्रावण १३ २०८१०८:०१
आइतवार, श्रावण १३ २०८१०८:०१
  • images

    काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । 

    विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । 

    अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend