२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीका नेताप्रति शिक्षक आक्रोशित–समितिमा विधेयक...

एकीकृत समाजवादीका नेताप्रति शिक्षक आक्रोशित–समितिमा विधेयक झुलाएर सडकमा आउनुको अर्थ हुँदैन

एकीकृत समाजवादीका नेताप्रति शिक्षक आक्रोशित–समितिमा विधेयक झुलाएर सडकमा आउनुको अर्थ हुँदैन

सोमवार, बैशाख १५ २०८२०२:३४
सोमवार, बैशाख १५ २०८२०२:३४
  • images

    काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूप्रति शिक्षकहरू आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूको माग सम्बोधनका लागि सडकमा आएर नभई संसद्‌मै प्रभावकारी भूमिका निर्वाह गर्न नेताहरूलाई सुझाएका छन् । नेकपा एस नेतृत्वकै शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको भन्दै शिक्षकहरूले शीर्ष नेताहरू समक्ष आक्रोश व्यक्त गरे ।

    ‘तपाईंहरूकै नेतृत्वमा शिक्षा समिति छ । शिक्षा समितिले विधेयकमा अलमल गरिरहेको छ । हाम्रो माग सम्बोधनका लागि तपाईंहरू सडकमा आएर होइन सदनमै सशक्त हुनुपर्‍यो । ऐन जारी गर्न तपाईंहरूले सदनमा दबाब दिने हो । तपाईंहरूकै नेता समिति सभापति हुनुहुन्छ, उहाँले विधेयकमा अलमल गरिरहनुभएको छ । तपाइँहरू संसद्‌मा काम गर्नुस् । सडकमा आउनुको कुनै अर्थ छैन,’ शिक्षकहरूले भने ।


    ऐक्यबद्धता जनाउन सडकमा गएका नेताहरूप्रति शिक्षकहरू आक्रोशित भएपछि नेताहरू फर्किएका छन् । त्यसक्रममा शिक्षकहरूले शिक्षा ऐन तत्काल जारी गर भन्दै नाराबाजी गरेका थिए ।

    शिक्षकहरूको आन्दोलनमा दोस्रोपटक पुगेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गुरूहरूको मागलाई पहिलो प्राथामिकतामा राखेर पूरा गर्नुपर्ने बताए । ‘शिक्षकहरूको माग सम्बोधन प्राथामिकताका साथ गर्नुपर्छ । शिक्षकहरूमाथिको दमन सरकारको अकर्मण्यता हो । यसको हामी विरोध गर्छौँ,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend