२०८३, आश्विन १९ गते

images

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०८:१०
सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०८:१०
  • images

    काठमाडौँ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि ले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । 

    बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ उक्त कम्पनीसँग बैशाख १५ गते विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसिया स्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

    साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट  गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप एमबीएल एम स्मार्टको सेवा पनि उपलब्ध गराएकोछ ।

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरीरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend