२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आयुक्तमा सिफारिस कृष्णमानले नाम फिर्ता लिन...

आयुक्तमा सिफारिस कृष्णमानले नाम फिर्ता लिन दिए निवेदन

आयुक्तमा सिफारिस कृष्णमानले नाम फिर्ता लिन दिए निवेदन

सोमवार, श्रावण १४ २०८१०३:०५
सोमवार, श्रावण १४ २०८१०३:०५
  • images

    काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि संसद सचिवालयमा निवेदन दिएका छन् । उनको निवेदन संसद सचिवालयमा दर्ता भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका  छन् । 

    प्रचण्ड सरकारका पालामा संवैधानिक परिषद्ले उनको नाम निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।  संवैधानिक परिषद्ले गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । तर, यौन हिंसाको आरोप लागेपछि उनको नाम संसदीय समितिले अस्वीकृत गर्ने सम्भावना बढेको थियो । 

    संसदीय समितिबाट नाम अनुमोदन नहुने देखेपछि प्रधानले आफैँ नाम फिर्ता लिन भन्दै निवेदन दिएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend