२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १७ औं...

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १७ औं वार्षिकोत्सव

सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०६:२९
सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०६:२९
  • images

    काठमाडौं । नेपालमा पहिलोपटक सफल मर्जरको अभ्यास गर्दै इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टिम, विभागीय प्रमुखहरू तथा १५ वर्षभन्दा बढी सेवा गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।


    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय बल, विश्वसनीयता तथा उत्कृष्ट सूचकहरूको उपलब्धिका लागि आभार व्यक्त गरे । साथै, कम्पनीले अपनाउँदै आएको नविनतम प्रविधि र समय सापेक्ष ग्राहकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए ।


    प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी दिनमा कम्पनीलाई अझ बृहत् र विशाल बनाउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे। साथै, कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले सूर्यज्योतिमा कर्मचारीहरूले पारिवारिक वातावरणको अनुभव गर्ने बताए ।


    कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवाको विस्तार र सेवा गुणस्तर सुधारमार्फत ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत उनले जाहेर गरे। यस आर्थिक वर्षको अन्त्यसम्म हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य रहेको उनले जानकारी दिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियमनकारी निकाय र साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मजबुत साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    अध्यक्ष भट्टराईले सञ्चालक समिति सधैं संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन र नीति नियमको परिधिभित्र रही अघि बढेको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा त्यसको पालना गर्ने बताए। साथै, कर्मचारीको वृत्ति विकासप्रति पनि समिति प्रतिबद्ध रहेको स्पष्ट पारे । कम्पनीले भर्खरै नेपालकै पहिलो अनलाइन जीवन बीमा लोन सुविधा र ुसूर्यज्योति केयर्सु डिजिटल कार्ड सार्वजनिक गर्दै बीमा क्षेत्रको आधुनिकताको सुरुआत गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend