२०८३, आश्विन १९ गते

images

नेप्सेमा करेक्सन, १९ अर्ब ६० करोडको किनबेच

नेप्सेमा करेक्सन, १९ अर्ब ६० करोडको किनबेच

सोमवार, श्रावण १४ २०८१०३:५८
सोमवार, श्रावण १४ २०८१०३:५८
  • images

    काठमाडौं । कारोबारको दोस्रो दिन सेयर बजार २०.४६ अंकले घटेर २०६१.०९ बिन्दुमा झरेको छ ।  बढेको बजारबाट अल्पकालीन लगानीकर्ताहरुले सेयर बेचेर बाहिरिँदा बजारमा करेक्शन आएको हो । मौद्रिक नीतिपछि आइतबारमा सेयर बजारमा उछाल छाउँदा नेप्से ११३ अंकले बढेर २६८१.५६ बिन्दुमा पुगेको थियो ।

    सोमबार १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर २ लाख २२ हजार ६६० पटकमा खरिद बिक्री भएको हो । अघिल्लो दिन आइतबार ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिद बिक्री हुँदा कारोबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँमा समेटिएको थियो ।

    सोमबार फाइनान्स र हाइड्रोपावर बाहेक सबै ११ ओटै उपसमुहगत सूचक घटेका छन् । फाइनान्स १.८८ प्रतिशत र हाइड्रोपावर ०.८१ प्रतिशतले बढेको छ। ब्यापार सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ । लघुवित्त ३.७१ प्रतिशत, विकास बैंकको २.६९ प्रतिशत, जीवन बीमा १.९७ प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक १.७३ प्रतिशत र निर्जीवन बीम १.०६ प्रतिशतले घटेको छ ।

    आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ बराबरको २४ लाख ६३ हजार ६९ कित्ता सेयर ८ हजार ३१५ पटकमा खरिद बिक्री भएको हो । त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख, प्रभु बैंकको ३८ करोड १४ लाख र नेपाल फाइनान्सको ३६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

    ङादी ग्रुप पावरको ३६ करोड ८६ लाख, ग्लोबल आईएमई बैंकको ३४ करोड ३५ लाख, सिईडिबी हाइड्रोपावरको ३४ करोड १ लाख, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड २४ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३० करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

    नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले बढेको छ। यस्तै मन्दाकिनी हाइड्रोपावरको ८.५८ प्रतिशत, बाराही हाइड्रोपावरको ८.१६ प्रतिशत, जानकी फाइनान्सको ६.८० प्रतिशत र गणपति माइक्रोफाइनान्सको ६.५६ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ६.३५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२७ प्रतिशत, हाथवे इन्भेटमेन्टको ६.११ प्रतिशत, ङादी ग्रुप पावरको ५.७९ प्रतिशत र एशियन हाइड्रोपावरको ५.७७ प्रतिशतले बढेको छ ।

    बजारबाट आरम्भ चौतारी लघुवित्तको सबैभन्दा धेरै ८.३५ प्रतिथशतले मूल्य घटेको छ भने बोटलर्स नेपाल लिमिटेडको ७.९९ प्रतिशत, सानिमा इक्वीटी फन्डको ७.५३ प्रतिशत, अभियान लघुवित्तको ६.८८ प्रतिशत र गुराँस लघुवित्तको ६.७२ प्रतिशत र बोटलर्स नेपाल तराईको मूल्य ६.१४ प्रतिशतले घटेको छ ।

    सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ४२ खर्ब २२ अर्ब ३८ करोड ६६ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । आइतबार कुल बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख ८६ हजार रुपैयाँ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend