२०८३, आश्विन १९ गते

images
  • ब्लग
  • इन्जिनियरिङको पढाइका लागि अब्बल मनमोहन पोलिटेक्निक,...

इन्जिनियरिङको पढाइका लागि अब्बल मनमोहन पोलिटेक्निक, डेढ लाखमै सकिन्छ कोर्स (भिडियोसहित)

इन्जिनियरिङको पढाइका लागि अब्बल मनमोहन पोलिटेक्निक, डेढ लाखमै सकिन्छ कोर्स (भिडियोसहित)

सोमवार, श्रावण १४ २०८१०५:३७
सोमवार, श्रावण १४ २०८१०५:३७
  • images

    काठमाडौँ । कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लामा रहेको मनमोहन स्मृति पोलिटेक्निक नेपालमा मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शिक्षालय (कलेज) हो ।

    मनमोहन स्मृति पोलिटेक्निक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदार शिक्षालय तथा कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालयको रुपमा सञ्चालित छ । 

    स्वर्गीय मनमोहन अधिकारीको नामलाई चिरस्थायी बनाउने उद्देश्यले भारत सरकारले इ.स.२००३ बाट भौतिक पूर्वाधार निर्माण शुरु गरेर २००८ साउनबाट प्राविधिक शिक्षाको सुरूवात भएको थियो । 

    एसईईको परीक्षा फल प्रकाशन भएसँगै कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरू गरेको छ । नयाँ भर्ना अभियान, कलेजमा पढाई हुने विषय लगायतमा केन्द्रित भएर सीएनएन खबरका लागि निराजन अधिकारीले कलेजका प्रिन्सिपल इन्जिनियर सुदीप अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश । 

    sudip adhikari1.jpg
    सुदीप अधिकारी

    नयाँ भर्ना अभियान सुरू भइसक्यो । नयाँ शैक्षिक शत्रका लागि के छन् कजेलका विशेषता ?

    मनमोहन स्मृति पोलिटेक्निकमा नयाँ शैक्षिक सत्र २०८१/०८२ का लागि हामीले भर्ना अभियान सुरू गरिसकेका छाँ । हामीले साउन १३ गतेसम्म फारम भर्ने अन्तिम मिति रहेकोमा साउन १९ गते प्रवेश परिक्षाको मिति तोकिएको छ । तत्तपश्चात पुनः एसईईको परीक्षा दिने विद्यार्थीले समेत फारम भर्न सक्नेछन् । 

    साउन १९ गते लिइने परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई हामीले कलेजमा अध्यापन गराउँछौँ । हामीलाई तोकिएभन्दा बढी विद्यार्थी भर्ना गर्नसक्ने अवस्था छैन । तोकिएको कोटा अनुसार हामीले निशुल्क, सहुलियत रुपमा पढाउँछौँ । 

    कलेजमा पढाई हुने स्रोत साधन, भौतिक पूर्वाधार, उत्कृष्ट शिक्षक, न्यूनतम शुल्क तथा कलेजमा रहेका प्लेसमेन्ट युनिटका कारण विद्यार्थीको आकर्षण बन्ने गरेको छ । 

    यहाँबाट उत्कृष्ट भएका विद्यार्थीहरूले विभिन्न स्थानमा रोजगारीका लागि विभिन्न ठाउँहरूमा पहल गर्नका लागि हामीसँग प्लेसमेन्ट युनिट नै स्थापना भएको छ । पटक पटक सरकारी निकायबाट पुरस्कृत भएका कारण पनि विद्यार्थीका लागि मनमनोहन पलिटेक्निक आकर्षण हुने गरेको छ ।

    कलेजसँग कति विद्यार्थी पढाउने क्षमता छ । विद्यार्थीका लागि सहुलियतहरू के कस्ता छन् ?

    कलेजले अहिले विभिन्न सात वटा विधाका ईन्जिनियरिङ विषयमा अध्ययन गर्दै आएको छ । 

    कलेजमा हाल डिप्लोमा इन इन्जिनियरिङ (तीन वर्षे) कोर्स, इलेक्ट्रिकल ४८ जनाका लागि, मेकानिकल ४८ जनाका लागि, इलेक्ट्रोनिक्स २४ जनाका लागि, सिभिल ४८ जनाका लागि, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स २४ जनाका लागि, आर्किटेक्चर २४ जनाका लागि र इन्फर्मेशन टेक्नोलोजी (आईटि) ४८ जनाका लागि कोटा तोकिएको छ । 

    कलेजले निशुल्क रुपमा ५ जना विद्यार्थीलाई पढाउँछ भने १९ जनालाई सहुलियतमा १ लाख १४ हजार ७५० रुपैयाँ र पूर्ण शुल्क २४ जनाका लागि १ लाख ७८ हजार ९५० रुपैयाँ लाग्नेछ । यस्तै धरौटी बापत ७ हजार रुपैयाँ शुल्क (पछि फिर्ता हुने) गरी राख्नुपर्नेछ । 

    sudip adhikari.jpg

    मनमोहन स्मृति पोलिटेक्निक अहिले कसरी सञ्चालन भइरहेको छ ? 

    भारतको स्वतन्त्रता संग्रामकोसमेत योद्धाको रुपमा रहनुभएका मनमोहन अधिकारीको स्मृतिमा मनमोहन स्मृति प्रतिष्ठान, नेपाल सरकार र भारत सरकारबीच २०६० सालतिर त्रीपक्षीय समझदारीबाट यो पोलिटेक्निक स्थापना भएको हो । यसले २०६५ सालबाट सिटिइभिटी साझेदारीमा शैक्षिक कार्यक्रम सुरू गरेको हो । एकेडेमिक कार्यक्रमबाट मात्र पुग्दैन भनेर पोलिटेक्निकले सुरूबाटै तालिमका कार्यक्रमहरू पनि अगाडि बढाएको छ । 

    सुरूवाती चरणमा ईन्जिनियरिङ विधा अन्तरगतका इलेक्ट्रिकल, मेनानिकल र इलेक्ट्रिनिक्स विधाका डिप्लोमाका कोर्सहरू शुभारम्भ गरिएको थियो ।
     
    २०६८ सालमा तीन वर्षे सिभिल इन्जिनियरिङ, २०७६ सालमा इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स र आर्किटेक्चर इन्जिनियरिङ र २०७९ सालमा इन्फर्मेशन टेक्नोलोजी (आईटि) का विषयहरू अध्ययन सुरू भएको थियो । 

    कलेज पूर्ण रुपले स्रोत र साधनले सम्पन्न शिक्षालय हो । यहाँ पढ्ने विद्यार्थीहरूले डिप्लोमा अध्ययन गरिसकेपछि देश तथा विदेशमा रोजगारी, लोकसेवा आयोगदेखि हाइयर एजुकेशन लगायत सबैतिर काम गरिसकेको हामीसँग उदाहरण छन् । 

    हाम्रो कलेज २०७२ र २०७३ सालमा पूर्वाञ्चलमै उत्कृष्ट, २०७५ साल र २०८० सालमा नेपालभरकै उत्कृष्ट शिक्षालयको रुपमा पुरस्कृत भएको थियो । 

    sudip adhikary.jpg
    सुदीप अधिकारी

    यहाँ के के विषयमा अध्ययन गर्न पाइन्छ ?
     
    कलेजमा हाल डिप्लोमा इन इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, सिभिल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, आर्किटेक्चर र इन्फर्मेसन टेक्नोलोजी (आइटी ) का तीन वर्षे कोर्षहरू सञ्चालित छन् । 

    यस्तै, प्रि डिप्लोमा तर्फ २४ महिने कोर्ष, प्रोफेसनल तालिमहरू समेत कलेजले दिदैँ आएको छ । बिल्डिङ इलेक्ट्रिसियन, कम्प्युटर हार्डवेयर, टेक्निसियन, लाइट भेइकल मेकानिक, प्लम्बरलगायतका विषयहरूमा १६९६ घण्टा तालिमहरू समेत कलेजमा नै सञ्चालित छन् । 

    कस्ता विद्यार्थीले कलेजमा भर्ना गर्न पाउँछन् ? पूर्ण छात्रवृत्ति के गर्नुपर्छ ?

    हामीले ३ वर्ष इन्जिनियरङका लागि ५ वटा कोटा निशुल्क रुपमा राखेका छौँ । सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईईमा उत्कृष्ट नजिता ल्याएका विद्यार्थीहरूले छात्रबृत्ति पाउँछन् । 

    जसमा विद्यार्थीले सिटीइभिटिले तोकेको मान्यता अनुसार प्रवेश परीक्षामा समावेश भएको हुनुपर्नेछ । उनीहरूले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् । तीन वर्षसम्म उनीहरूले कुनै पनि शुल्क तिर्नुपर्ने हुँदैन । 

    पोलिटेक्निकले दिने मेरिट छात्रबृत्तिमा भने निजी तथा सामुदायिक विद्यालय जुनसुकै विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाउन पाउनेछन् । विद्यार्थीले मेरिटका आधारमा उनीहरूले छात्रवृत्ति पाउँछन् । 

    विद्यालयले लिएको प्रवेश परीक्षामा एसईईमा गणित, अंग्रेजी र विज्ञान लिएका १.६ जीपीए ल्याएका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । 

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend