२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, नवनियुक्त उर्जा...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, नवनियुक्त उर्जा राज्यमन्त्रीको शपथ हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, नवनियुक्त उर्जा राज्यमन्त्रीको शपथ हुने

शुक्रवार, बैशाख १९ २०८२०७:०३
शुक्रवार, बैशाख १९ २०८२०७:०३
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । शुक्रबार बिहान १० बजे सिंहदरबारमा बस्नेगरि उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

    प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ। 

    सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। 

    गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend