काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन् ।
वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको उनले बताएका छन् । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको प्राधिकरणले बताएको छ । फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । माग र आपूर्तिको असन्तुलनले वर्षा यामको विद्युत् खेर गएको र सुख्खायाममा विद्युतको माग बढ्दा पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

