२०८३, आश्विन १९ गते

images

शेयर बजारमा ३५.५५ अंकको वृद्धि

शेयर बजारमा ३५.५५ अंकको वृद्धि

मंगलवार, श्रावण १५ २०८१०४:२५
मंगलवार, श्रावण १५ २०८१०४:२५
  • images

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।      

    नेप्सेमा आज १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८९ वटाको बढेको छ भने ४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                     

    नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेका छन् । 

    आज एशियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६० करोड १० लाख बराबरको कारोबार भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend